
काठमाडौं, ८ फागुन । काठमाडौंमा सम्पन्न नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङमा संलग्न रहेका पाँचजना विरुद्व मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले पाँचजनाविरुद्व काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दर्ता गरिएका खेलाडीहरूमा मोहमद आदिल अन्सारी, महबुब आलम, नितेश गुप्ता, नवीन कँडेल र नितेश साहविरुद्व मुद्दा दर्ता गरिएको हो ।
मोहमद आदिल अन्सारी, महबुब आलम र नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रूपैयाँसम्म जरिवाना माग गरिएको छ ।
नवीन कँडेल र रवि माझीलाई पनि सोही कारबाही माग गर्दै मुद्दा दर्ता गरिएको छ ।
हाल उनीहरू दुवै जना फरार छन् ।















प्रतिक्रिया