२ कार्तिक २०८३, सोमबार

जंगली हात्तीको आक्रमणबाट एक वृद्धा गम्भीर घाइते, आक्रोसित स्थानीयद्वारा निकुञ्जको सवारी तोडफोड

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ९ फागुन। मकवानपुरको मनहरीमा जंगली हात्तीको आक्रमणबाट एकजना वृद्धा गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा मनहरी-४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारी रहेकी छन् । सोमबार बिहान घर नजिकै बसिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घाइते अधिकारीको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । केहीदिन अघिदेखि मनहरी-४ र ५ का विभिन्न क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्तीले आतंक मच्चाइरहेका छन् ।

आज हात्ती आक्रमणकै कारण वृद्ध घाइते भएपछि आक्रोसित स्थानीयहरुले निकुञ्जको पदमपोखरी सेक्टर कार्यालयको ना १ झ ९८८ नम्बरको जिप तोडफोड गरेका छन्।

निकुञ्जले हात्ती नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोसित बनेका स्थानीयले जिप तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।