२ कार्तिक २०८३, सोमबार

उच्च अदालतको आदेशविरुद्व सन्दीपले सर्वोच्च अदालतमा दिए पुनरावेदन निवेदन

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । उच्च अदालतको आदेशविरुद्व क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका छन्  ।

उच्च अदालतको आदेशविरुद्व सन्दीपले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका हुन् । सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गरेपनि देश छोडेर बाहिर जान प्रतिबन्ध लगाएको छ ।

सन्दीपको पुनरावेदन निवेदनको पेशी फागुन १२ गतेलाई तोकिएको छ । उच्च अदालतको आदेशका कारण सन्दीप दुबईमा आयोजना हुने श्रृंखलामा सहभागी हुन नपाउने भएपछि सन्दीपले राष्ट्रिय टीमबाट अन्तर्राष्ट्रिय खेल खेल्न पाउनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएका हुन् ।

नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । सर्वोच्च अदालतले सन्दीपको पक्षमा आदेश दिएमा सन्दीप पनि टोलीसँगै दुबई जानेछन् ।