२ कार्तिक २०८३, सोमबार

कस्तो छ मुम्बईमा उपचाररत काँग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ ।

उनको स्थास्थ्य अवस्थामा सुधार भइरहेको छ । उनलाई अहिले भेन्टिलेटरबाट हटाइएको छ ।

परीक्षणका लागि भेन्टिलेटर हटाइएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनको स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको भाग घट्दै गएको पनि जानकारी दिइएको छ ।