१ कार्तिक २०८३, शनिबार

दुर्गा प्रसाईंद्वारा एमाले छोडेको घोषणा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । मेडिकल व्यवसायी समेत रहेका एमाले नेता दुर्गा प्रसाईंले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

एमाले केन्द्रीय सदस्य रहेका प्रसाईंमाथि पार्टीभित्र कारबाहीको माग उठेपछि उनी आफैंले पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनी पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा राजावादी गतिविधिमा संलग्न छन् ।

प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर झापाको मेचीपुलबाट महाअभियानको घोषणा गरेपछि एमालेभित्र उनको विरोधका साथै कारबाहीको माग उठेको थियो ।