
काठमाडौं, ७ फागुन । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले, समाजवादी कार्यदिशा पूरा गर्नु पार्टीको मुख्य मक्सद भएको बताएका छन् ।
ललितपुरमा आज आइतबार आयोजित विभिन्न पेशागत संगठनहरुको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै उनले समाजदावी कार्यदिशा पूरा गर्नकै लागि आफ्नो दल विद्रोहको बाटोमा हिँडेको बताएका हुन् ।
उनले भने, ‘हामीले विद्रोहको बाटो हिडेनौँ भने आफ्नो लक्ष्य पूरा गर्न सक्दैनौँ भन्ने लागेर यो बाटो समातिएको हो ।’ उनले सबै माग राख्ने वित्तिकै पूरा नहुने भन्दै कम्युनिष्ट पार्टी गठन गर्दाका माग आज पनि पूरा नभएको बताए । तर, माग पूरा नहुँदैमा निराश हुन नहुने उनको भनाइ छ ।
आफ्ना मागलाई लक्ष्य बनाएर निरन्तर लड्नुपर्ने उनको भनाई छ । तात्कालीन माग तत्काल पूरा गर्न संघर्ष गर्नुपर्ने र दीर्घकालीन माग सम्बोधनका लागि समय लाग्ने उनको भनाई छ ।















प्रतिक्रिया