
काठमाडौं, ७ फागुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष कुन्दन अर्यालले न्याय पालिका, कार्यपालिका र संसद कमजोर भएको भएका छन् ।
इन्सेकले काठमाडौँमा आज आइतबार आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ विमोचन कार्यक्रममा अध्यक्ष अर्यालले संबैधानिक निकायले गरेका निर्णय पनि सरकारले फिर्ता लिएको भन्दै राज्यको प्रमुख अङ्गनै कमजोर भएको बताएका हन् ।
उनले भने ‘सरकारले अहिले आएर निर्वाचन जरिवाना पनि मिनाहा गर्यो । देशमा जे गरे पनि हुन्छ भन्ने भइसक्यो । संवैधानिक निकायले गरेका निर्णय पनि सरकारले फिर्ता लिने, सरकार, न्यायपालिका, कार्यपालिका र संसद अत्यन्त कमजोर भएको अवस्थाको रुपमा २०२२ लाई लिइएको छ ।’
उनले सांसदहरुले जनताको समस्यामा भन्दा सरकार बनाउने कुरामा बढी ध्यान गएको आरोप लगाए ।
त्यस्तै,राजनीति पार्टीको विग्रहको तस्वीर संसदमा परेकाले सांसदले संसदनै चलाउन नपाएको उनको भनाइ छ । उनले भने ‘राज्यका निकाय झन्–झन् कमजोर भएका छन् । सांसदहरुलाई बोक्सीको आरोपले मानिस मारिदाँ मतलब छैन सरकार बनाउन मात्र हुँदो रहेछ । राजनीति पार्टीको विग्रहको तस्वीर संसदमा पर्यो सांसदले संसदनै चलाउन पाएन न भएका कानुनको राम्रो संरक्षण गर्न सक्यो न नयाँ कानुन बनाउन सक्यो ।’
उनले दलहरुलाई जनतालाई खुसी पारेर भन्दा कब्जा गरेर मत लिन सकिन्छ भन्ने प्रवृति चुनावमा अझै रहेको बताए ।















प्रतिक्रिया