२ कार्तिक २०८३, सोमबार

पूर्वराजाको चेतावनीपछि एमाले अध्यक्ष ओलीको टिप्पणी- अझै पनि उहाँलाई पुरानो झल्को आइरहन्छ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुरानो झल्कोले नछोडेको बताएका छन् ।

आइतबार दिउँसो विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले अब आफू मौन रहँन नसक्ने भन्दै चेतावनी दिएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले २ सय ४० वर्षभन्दा बढी राजाले नै देश चलाएको भन्दै देशलाई कहाँ पुर्‍याउनुभयो त ? भन्दै प्रश्नसमेत गरेका छन् ।

‘ज्ञानेन्द्र जी आफैँ अलमलमा हुनुहुन्छ । उहाँ अझै पनि पुरानो झल्को उहाँलाई आइरहन्छ । त्यो झल्काले दुई चारजना मान्छेलाई वरिपरि देख्यो भने झल्काले उहाँलाई फेरि जोस्याउँछ । २ सय ४० वर्षभन्दा बढी उहाँहरुले नै चलाएको होइन ? अरु देशको तुलनमा कहाँ पुर्‍याउनु भएको थियो देशलाई ?,’ ओलीले भने ।

पूर्व राजाले सहकार्यका लागि गरेको प्रस्तावमा अध्यक्ष ओलीले अहिले पनि सहकार्य जारी रहेको बताए । के को सहकार्य ? ज्ञानेन्द्र जी राजनीतिमा हिँडिराख्नु भएकै छ त । अस्ति दियो बाल्नुभयो क्यारे मेची महाकाली अभियानमा सहकार्य भएकै छ त,’ अध्यक्ष ओलीले भने ।