१ कार्तिक २०८३, आइतबार

बंगलादेशबाट सन्दीपलाई फ्यानको सन्देश ‘मिस यू सन्दीप भाई’

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । बलात्कार आरोप खेपिरहेका क्रिकेट सन्दीप लामिछानेले काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजबाट खेलमा पुनरागमन गरेका छन् ।

सन्दीपको मुद्दा अहिले पनि अदालतमा विचाराधिन छ । उनी २० लाख धरौटी बुझाएर रिहा भएका हुन् । यसैबीच सन्दीपलाई टीममा राखिएको भन्दै कतिपयले चर्को आलोचनासमेत गरिरहेका छन् ।

महिला अधिकारीकर्मीहरु सन्दीपलाई टीममा राखिएको भन्दै आन्दोलनमै उत्रिए । नेपालका राष्ट्रिय मिडियाहरु पनि सन्दीको पछाडि हात नै धोएर लागेका छन् ।

उनलाई टीममा राख्नु जायज हो वा होइन अध्ययनको विषय होला तर सन्दीपको पुनरागमनले भने क्रिकेट प्रेमीहरु उत्साहित भएका छन् । नेपालमा मात्रै होइन अन्य देशहरुमा पनि सन्दीपका शुभचिन्तकहरु उत्तिकै रहेका छन् ।

सन्दीपले काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज खेलिरहँदा बंगलादेशबाट शुभचिन्तकले सन्देश पठाएका छन् ।

सन्दीपका शुभचिन्तकले ‘मिस यू स्याण्डी भाइ’ लेखिएको प्लेकार्ड बोकेर उभिएको सामाजिक सञ्जालमा आएका तस्वीरमा देखिन्छ ।