२ कार्तिक २०८३, सोमबार

अबको राष्ट्रपति काँग्रेसको बन्छ: महामन्त्री शर्मा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति नेपाली काँग्रेसकै उम्मेदवार बन्ने दाबी गरेका छन् ।

आइतबार बिहान सुर्खेतमा नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै राष्ट्रपति काँग्रेसले नै पाउने दाबी गरेका हुन् । काँग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुने दाबी गर्दै उनले फागुन २५ गतेपछि काँग्रेसकै उम्मेदवार राष्ट्रपति बनेको समाचार सुन्न पाउने बताए ।

‘२५ गते राष्ट्रपतिका लागि निर्वाचनपछि कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईहरुले सुन्नुहुनेछ । एक हिसाबले हामीबाट सत्ता गुमेको हो, तर अबको राष्ट्रपति काँग्रेसको बन्छ,’ महामन्त्री शर्माले भने ।