२ कार्तिक २०८३, सोमबार

बैंक तथा वित्तीय संस्थाहरुविरुद्व व्यवसायीको आन्दोलन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न संघ संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बैंकिङ व्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगाएका माग राख्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजी स्वार्थका कारण व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आएको उनीहरुको गुनासो छ ।

उनीहरुले सहुलियत कर्जाको सीमा बढाउ, बैकिङ आतंक बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको व्याज नतिर्ने कुनै नियत नभएको तर बैंकिङ व्याजदर एक प्रतिशतमा झार्नुपर्ने बताए ।

उनले आफूहरुलाई गरिखान दिनका लागि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।