
काठमाडौं, ५ फागुन । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले विद्यालयमा शिक्षकले कुट्ने डरले आफू स्कुलबाटै भागेको स्मरण गरेका छन् ।
ओक्सीडेन्टल पब्लिक स्कूलद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले अहिलेका बालबालिका धेरै भाग्यमानी भएको टिप्पणी गरे । कार्यक्रममा सहभागी हुँदा आफूलाई सानो बेलामा गरेका काम र शिक्षकको हातको कुटाईको सम्झना आएको उनले बताए ।
अहिलेका बच्चाहरु शिक्षाको विषयमा भाग्यमानी भएको भन्दै उनले अहिलेका बालबालिका आफूहरुभन्दा धेरै अगाडि रहेको बताए ।’
हाम्रो पालामा शिक्षकको अनुहार देख्दै डर लाग्ने, स्कुल नै जान मन नलाग्ने गरी धेरै कुट्ने, कहिले काँही त स्कुलबाट भागेको पनि छु,’ उनले भने ।
दुई तीन महिनाको पैसा तिर्न बाँकी भएर स्कुल नै परिर्वतन गरेको स्मरणगर्दै उनले ९ कक्षामा पढ्दा भने गीत गाएर रमाइलो गर्ने गरेको सम्झिए ।
















प्रतिक्रिया