१ कार्तिक २०८३, शनिबार

चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल, स्वास्थ्य अवस्था भने स्थिर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । भारतको मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ ।

पहिलो चरणमा दुई वटा खुट्टाको सफल शल्यक्रिया भएको छ ।

अर्को शल्यक्रियाका बारेमा थप छलफल भइरहेको भण्डारीका सहयोगी माधव न्यौपानेले जानकारी दिएका छन् । भण्डारीको स्वास्थ्यवस्था हाल स्थिर रहेको छ ।

काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास लिक भएर आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला जलेका थिए । आमाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भइसकेको छ ।

भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि हिजो बिहीबार भारत लगिएको थियो ।