
काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं अगाडि रहेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा उनले राष्ट्रियताको रक्षा र देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
राष्ट्रिय जनमोर्चाका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र बुझाएका थिए । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेतृत्वको टोलीले पछिल्लो समयमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्याभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
अन्य जिल्लाहरूमा पनि लुटपाटका घटना भएको भन्दै जनमोर्चाले शान्ति सुव्यवस्थाको माग गरेको थियो ।
प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्बोधन हुने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।















प्रतिक्रिया