२ कार्तिक २०८३, सोमबार

कस्तो छ मुम्बईमा उपचाररत काँग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था ?

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । बुधबार राति काठमाडौं बुद्दनगरस्थिर निवासमा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

उनको आईसीयूमा उपचार भइरहेको हो । गएराति राती साढे ११ बजे डा. संदीप मिस्त्रीले गरेको परीक्षणपछि दिएको जानकारी अनुसार सबै रामिटरहरू नर्मल रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखिने छ।

यस्तै, साढे बजे डा. अमुलले गरेको परीक्षणपछि दिएको ब्रिफिङ अनुसार हृदयको चाल नर्मल रहेको, एण्टीबायोटिक्स निरन्तर चलाउने र आत्तिनु नपर्ने जानकारी भण्डारीसँगै भारत गएका डा. योगराज कँडेलले जानकारी दिएका छन् ।

यस्तै, भण्डारीको अहिले पहिलो सर्जरी गरिँदै छ । यस्तै दिउँसो साढे एक बजे दोस्रो सर्जरी गर्ने तयारी भएको छ । धेरै जलन भएको खुट्टा र हातमा प्लाष्टिक सर्जरी गरिएपछि रोग प्रतिरक्षा प्रणाली बढ्ने भएका कारण यसलाई प्राथमिकतामा राखिएको संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

तर अनुहार सुन्निएका कारण तत्काल अनुहारको प्लाष्टिक सर्जरी हुने छैन। भित्री भागको जलनको उपचारको लागि औषधी जारी राखिने छ ।