१ कार्तिक २०८३, शनिबार

भाडा लिएर यात्रु बोक्ने २० जना मोटरसाइकल चालकलाई प्रहरीले गर्‍यो कारबाही

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । भाडा लिएर यात्रु बोक्ने २० जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

निजी प्रयोजनमा दर्ता भइ भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछि चालकलाई कारबाही गरिएको प्रहरीले बताएको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट २० जना मोटरसाइकल चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यात्रु लिन इन्कार गर्ने १० जना ट्याक्सी चालकलाई पनि आजै काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा यात्रुले जान चाहेको स्थानमा जान नमान्ने १० जना ट्याक्सी चालक फेला परेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

सार्वजनिक सवारी चालकले खाली रहेको अवस्थामा यात्रु लिन इन्कार गरेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार ५०० देखि १ हजार ५०० रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।