
काठमाडौं, ४ फागुन । नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार अपरान्ह नगरपालिका वडा नम्बर-१२ चैनपुरमा बा २ ख ८४५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ३५ जना घाइते भएका छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । बस सडकबाट तल खसेको छ ।
चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया