१ कार्तिक २०८३, आइतबार

कलाकार आशा खड्का बाँधिइन् विवाह बन्धनमा

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । कलाकार आशा खड्का बिवाह बन्धनमा बाँधिएकी छिन् ।

आशाले टेलीश्रृङ्खला कान्छिमा उनको श्रीमान बनेर अभिनय गरेका कलाकार सागर गौतमसँग विवाह गरेकी हुन् । उनीहरु लामो समयदेखिको प्रेममा थिए ।

आशा चर्चित टेलीश्रृङ्खला ‘कान्छि’ र ‘भुन्टि’ की मुख्य अभिनेत्री हुन् । आशाले सामाजिक सञ्जालमार्फत आफूहरुले बिवाह गरेको जानकारी दिएकी हुन् ।

‘आजको दिन सम्म मलाई एउटा कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरुलाई हजुरहरुले नै चाहनु भएको मान्छेसँग मैले जिवनको नयाँ अध्याय शुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुसी छु। मलाई विश्वास छ मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ। मलाई र मेरो श्रीमानलाई धेरै आशिर्वाद दिनुहोला,’ उनले लेखेकी छिन् ।