२ कार्तिक २०८३, सोमबार

प्रेमप्रसाद आचार्यको परिवारलाई अमेरिकाबाट आयो ठूलो सहयोग

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यको परिवारले अमेरिकामा बस्ने नेपालीले १७ लाख भन्दाबढी सहयोग गरेका छन्।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी अमेरिकाबाट संचारकर्मी तथा चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलको सक्रियतामा ‘गो फण्ड मी’ मार्फत संकलन गरी नेपाल पठाइएको १७ लाख ५० हजार नेपाली रुपैयाँ हस्तान्तरण गरिएको हो ।

प्राप्त रकम निर्देशक सुरेश दर्पणकी श्रीमती निशा कार्कीले मृतक प्रेमप्रसादकी श्रीमती नानुका आचार्यलाई हस्तान्तण गरेकी हुन् ।

आचार्यले राज्यमा गरिखाने वाताबरण नभएको भन्दै गत माघ १० गते बानेश्वरमा आफ्नै शरिरमा आगो लगाएर आत्मदाह गरेका थिए ।