
काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा ‘वान टू वान’ वार्ता भएको छ ।
प्रचण्ड र ओलीबीच बालुवाटारमा वान टू वान वार्ता भएको हो । दुई शीर्ष नेताबीच राष्ट्रपतिको उम्मेदवार चयनका विषयम गम्भीर छलफल भएको हो ।
सत्ता गठबन्धनभित्र राष्ट्रपतिको विषयलाई लिएर विवाद देखिएको छ ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष ओली पूर्वसहमति अनुरुप एमालेले राष्ट्रपति पाउनुपर्ने अडानमा छन् ।















प्रतिक्रिया