
काठमाडौं, ५ फागुन । गत सोमबार काठमाडौंको गोंगबुमा भएको यातायात मजदुको आन्दोलनका क्रममा ल्होत्से मलमा लुटपाट गर्ने र प्रहरीको गाडीमा आगजनी गर्ने थप १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुटपाटमा संलग्न काभ्रे घर भएका सुरज मगर, उदयपुरका रितेश बस्नेत र मोरङ बेलबारी घर भएका यमन राईलाई प्रहरीले पक्राउ गरेको होे ।
यस्तै, प्रहरीको गाडीमा आगजनी गर्ने र तोडफोड गर्ने नुवाकोट घर भएका सुनिल कालिकोटे, माछा पोखरी घर भएका रोमन नगरकोटी, नुवाकोट घर भएका सुदिप तामाङ, मापा पोखरीमा व्यापार गर्ने माधव शाही, नुवाकोट घर भएका १९ वर्षीय केशव राई, सिन्धुली घर भएका इन्द्र तामाङ, धादिङ घर भएर तार्केश्वर बस्ने चालक ईलाराज गुरुङ, उदयपुर घर भएका सह–चालक राजन राउत, काभ्रे घर भएका चालक हरिशरण तामाङ, धादिङ घर भएका सहचालक विकास गुरुङ, चितवन घर भएका चालक संविधान परियार र सामाखुसी घर भएर होटेलमा वेटर काम गर्ने कविन खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।















प्रतिक्रिया