२८ आश्विन २०८३, बुधबार

महिलाले भित्र्याउँछन् राजधानीमा पेस्तोल !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– पूर्ण प्रसाद चौलागाईं

काठमाडौं, २९ फागुन । राजधानीमा अवैध हतियार कारोबारमा महिला समेत संलग्न हुने गरेको खुलेको छ । आपराधिक घटना बढिरहेको बेला राजधानीमा हतियारसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २ महिला र एक पुरुष रहेका छन् । काठमाडौंको बौद्धस्थित ग्रेष्ट रेष्टुरेन्टबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना काठमाडौंमा हतियार भित्र्याउने गिरोह भएको र आपराधिक घटनामा पनि संलग्न रहेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भइ बौद्ध बस्दै आएका नवान नर्गु शेर्पा ,इलाम चुलाचुली स्थायी घर भइ कपनमा अस्थायी बसोबास गर्ने ३० बर्षीया शुकमाया नेपाली, उदयपुर स्थायी घर भएकी कपन बस्ने ३० बर्षीया प्रमिला कार्की रहेको प्रहरीले जनाएको छ ।