२ कार्तिक २०८३, सोमबार

पवन खतिवडा ‘म्याकुरी’ ले रक्सी खाएर साथीलाई कुटेकै हुन् त ? यस्तो छ सत्यता

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । बुधबार कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ परेको खबर मिडियामा धुँवा झैँ फैलियो । समाचारहरुमा म्याकुरीले मोरङको बेलबारीस्थित एक होटलमा रक्सी खाएर अर्का एक युवकलाई कुटपिट गरेको भन्दै समाचारहरु आए ।

पवनलाई बुधबार साँझ नै प्रहरीले छोडेको छ । प्रहरीबाट छुटेसँगै पवनले समाचारको खण्डन गरेका छन् । उनले आफूले झगडा नगरेको र घटनास्थलमा उपस्थित भएकाले प्रहरीले अनुसन्धानका लागि मात्रै लगेको स्पष्ट पारेका छन् ।

उनले मिडियाहरुले अपवाह फैलाएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । उनले आफू झगडाबाट टाढै भाग्ने मान्छे भएको र मिडियाले आधारहिन समाचार लेखेर बदनाम गर्न खोजेको बताएका छन् ।

‘मैले जाड खाएर झगडा गरेर कस्को टाउको फुटाए रेरुरु कस्ले दियो प्रमाणर ? म घटना भाको स्थान मा भएको कारण प्रहरीले अनुसन्धान गर्न लगेको हो। उनिहरु साथी साथी झगडा गरेका हुन।के हो पत्रकारिता ? रबिदाइ ले यसै भनेको हैन नि मान्छेको जीवन सङ्ग खेलवाड गर्ने ? यहाँका इन्स्पेक्टर खगेन्द्र धमला लाई सोधे हुन्छ । नसोधी जे मन लाग्छ त्यही लेखिदिने ? यो समाचारको आधार के हो ? झगडा बाट टाढै भाग्ने मान्छे लाई यस्तो अधारहिन समाचार राखेर बदनाम गर्ने ?’ उनले प्रश्न गरेका छन् ।