
काठमाडौं, ४ फागुन । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार आज सुन तोलाको ६ सयले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख तीन हजारमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैँयाले घटेको छ ।
चाँदी प्रतितोला १२ सय ८५ रुपैँयामा कारोबार भइरहेको छ ।















प्रतिक्रिया