२ कार्तिक २०८३, सोमबार

ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका सांसद भण्डारी र उनकी आमालाई भारतको कुन अस्पताल लगिँदै छ ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, ४ फागुन । ग्यास सिलिण्डर बिष्फोटपछि गम्भीर घाइते भएका नेपाली काँग्रेसा सांसद डा. चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ ।

उनीहरुलाई मुम्बईस्थित नेशनल बर्न अस्पताल लैजान लागिएको हो । सांसद भण्डारीको शरिरको २५ देखि ३० प्रतिशत भाग जलेको छ भने आमाको ७० प्रतिशत शरिर जलेको छ ।

नेपालमा उपचार सम्भव नहुने भएपछि अस्पतालले नै उनीहरुलाई भारत लैजान सुझाव दिएको हो ।

घाइते भण्डारी भने थप उपचारका लागि मुम्बई जान मानिरहेका छैन । तर पारिवारिक सल्लाहमा भण्डारी र आमालाई भण्डारीको स्वीकृति बेगर मुम्बई लैजाने निर्णय भएको बताइएको छ ।