
काठमाडौं, ३ फागुन । मादक पदार्थ सेवन गरेर झगडा गरेको आरोपमा पक्राउ परेका कलाकार पवन खतिवडा म्याकुरी रिहा भएका छन् ।
मंगलबार राति मोरङको बेलबारीको एक होटलमा मादक पदार्थ सेवन गरी झगढा हुँदा खतिवडाले बेलबारी नगरपालिका-४ का जीवन कार्कीमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट कार्की सामान्य घाइते भएका छन् । दुई पक्षको मिलापत्र पछि खतिवडालाई छोडिएको प्रहरीले जानकारी दिएको छ ।
कार्कीमाथि कुटपिट गरेको आरोपमा खतिवडा र रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरको थियो ।















प्रतिक्रिया