
काठमाडौं, ३ फागुन । मंगलबारबाट काठमाडौंमा सुरु भएको भएको नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरू भएको छ ।
निर्वाचन प्रक्रियाअनुसार बुधबार साँझ मतदाता नामावली प्रकाशन, नामावलीमाथिको दाबीविरोध र मनोनयन दर्ता गरिएको छ ।
बुधबार रातभरमा अन्य प्रक्रिया पूरा गरी बिहीबार बिहान ९ बजेदेखि मतदान सुरू गरिने निर्वाचन मण्डलकी सदस्य रचना खड्काले जानकारी दिइन् ।
निर्वाचन प्रक्रियाबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित हुनेछ ।















प्रतिक्रिया