
काठमाडौं, ३ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान रिपोर्ट बुझाएको छ ।
सीआइबीले सरकारी वकिलको कार्यालयमा रिपोर्ट बुझाएको हो । सीआइबीले ११ जनालाई प्रतिवादी बनाएको छ ।
काठमाडौंमा गत पुस ९ गतेदेखि २७ गतेसम्म भएको लिगमा स्पट फिक्सिङ भएको पुष्टि भएको थियो । फिक्सिङमा संलग्न तीनजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा आदिल अन्सारी, पूर्वक्रिकेटर मेहबुब आलम र नितेश गुप्ता रहेका छन् ।















प्रतिक्रिया