
काठमाडौं, ३ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले यथाशिघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर संसद चल्न नदिने चेतावनीसमेत दिएका छन् ।
‘लाल अयोगको प्रतिवेदन जबसम्म सार्वजनिक हुँदैन । तबसम्म सदन चल्न सक्दैन,’ सांसद चौधरीले भने ।















प्रतिक्रिया