२ कार्तिक २०८३, सोमबार

किसानको अनुदानसमेत नछोड्न पापी नै हुन्: सांसद हरि ढकाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । प्रतिनिधि सभाका सांसद हरि ढकालले किसानले पाउने अनुदानमा व्यापक भ्रष्टाचार हुने गरेको भन्दै छानबिनको माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढकालले अनुदान वितरणका लागि गठित संरचना तथा निकायहरुले झोलामा गाई पाल्ने, झोलामै खेती गर्नेहरुको झोलामै अनुदान दिइरहेको बताएका हुन् । उनले किसानले पाउने अनुदानमा भ्रष्टाचार गर्नेलाई पापीको संज्ञा समेत दिएका छन् । सांसद ढकालले भ्रष्टाचारको छानबिन गर्ने हो भने किसानको अनुदानबाटै सुरु गर्न माग गरे ।

‘झोलामा गाई पाल्ने झोलामा खेती गर्ने झोले किसानहरुलाई झोलामै अनुदान हालिदिइएको अवस्था हो । अनुदानमा व्यापक भ्रष्टाचार भएको छ । भ्रष्टाचारको अनुसन्धान गर्ने हो भने कृषि अनुदान दुरुपयोगबाट सुरु गरौँ । यति धेरै पापीहरु । जसले काठमाडौंको चुलो बाल्छ । हुर्कदै गरेका बच्चालाई काठमाडौंमा दुध पठाउँछ ति क्षेत्रका किसानका अनुदानसमेत नछोड्नेलाई मैले पापी भनेर सम्बोधन गरेँ । पापी नै हो,’ उनले भने ।

ढकालले एकद्वार प्रणालीबाट वडामै अनुदान पठाउनु पर्ने र मल खरिदको अधिकार पालिकालाई नै दिनुपर्ने बताए ।