२ कार्तिक २०८३, सोमबार

नयाँ बसपार्कमा घटेको घटना शोभनीय होइन: योगेश भट्टराई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ फागुन । नेकपा एमालेका सांसद योगेश भट्टराईले गत सोमबार काठमाडौंको नयाँ बसपार्कमा घटेको घटना शोभनीय नभएको बताएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराई आन्दोलनका नाममा भएको लुटपाट र गाडी आगजनी नेपाली समाजमा शोभनीय नभएको बताएका हुन् ।

सांसद भट्टराईले सडकको अवस्थाका कारण हजारौँले ज्यान गुमाउने गरेको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यान जानुपर्नेमा ध्यानाकर्षण गराए ।

नेपालका सडकहरु जीवनशाला बन्नुपर्नेमा त्यसो हुन नसकेको भट्टराईले बताए । भट्टराईले गुणस्तरीय तथा दिगो भौतिक पूर्वाधारसहितको सडक विकास अबको आवश्यकता रहेको बताए ।