१ कार्तिक २०८३, आइतबार

इन्डोनेसियाको पपुवा प्रान्तका विद्रोहीहरूले सार्वजनिक गरे अपहरण गरिएका पाइलटको फोटो र भिडिओ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । इन्डोनेसियाको पपुवा प्रान्तका लडाकुहरूले गत हप्ता बन्धक बनाएका न्युजिल्यान्डका पाइलटको पहिलो तस्बिर र भिडिओहरू सार्वजनिक गरेका छन्।

वेस्ट पपुवा लिबरेशन आर्मीले पाइलट फिलिप मेहर्टेन्सलाई गत हप्ता दुर्गम पहाडी क्षेत्रमा एनडुगामा विमान अवतरणका क्रममा कब्जामा लिएको थियो । उक्त विमानमा पाँच जना यात्रु सवार रहेका थिए । विद्रोहीहरूले पाँच जना यात्रुहरूलाई भने छोडेका थिए । ति पाँचजना यात्रु आदिवासी पपुवान्स भएका कारण छोडिएको बताइएको छ ।

विद्रोहीका प्रवक्ता सेबी साम्बोमले मंगलबार एसोसिएटेड प्रेस समाचार एजेन्सी लगायत मिडियालाई भिडियो र फोटोहरू पठाएका थिए जसमा पाइलट मेहर्टेनलाई राइफल, भाला र धनु र बाणले सशस्त्र मानिसहरूको समूहले घेरिएको जङ्गलमा उभिरहेको देखाइएको छ।

‘मैले उसलाई पपुवाको स्वतन्त्रताका लागि बन्धक बनाएको हुँ । खाना वा पेय पदार्थको लागि होइन,’ विद्रोही नेता इगियानस कोगोयाले भिडियोमा भनेका छन्।

इन्डोनेसियाले आफूहरुमाथि आक्रमण नगरेसम्म पाइलट जिउँदो रहने उनले बताएका छन् । इन्डोनेसिया सरकारले मेहर्टेनलाई रिहा गर्न समूहलाई मनाउन हरसम्भव प्रयास गरिरहेको बताएको छ।