
काठमाडौं, ३ फागुन । सरकारका २० सहसचिवको एकैपटक सरुवा भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालय अन्तर्गतका २० जना सहसचिवको सरुवा गरेको हो ।
मन्त्रालयले रामहरि पोखरेललाई सडक विभाग योजना तथा अनुगमन महाशाखाको उपमहानिर्देशकमा पदस्थापन गरिएको छ ।
यस्तै, सडक विभागका उपमहानिर्देशकसमेत रहेका योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका भीमार्जुन अधिकारी मन्त्रालय सरुवा भएका छन् ।















प्रतिक्रिया