
काठमाडौं, ३ फागुन । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य तोलमा दुई सयले घटेको छ ।
यसअघि मंगलबार पनि दुई सय रुपैयाँले नै घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया