१ कार्तिक २०८३, शनिबार

मिलन पाण्डे भन्छन्– दुई दिनयताको घटनाहरूले केही सङ्केत गरिरहेको छ बेलैमा बुझौँ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले दुई दिनयता मुलुकमा देखिएका विभिन्न घटनाक्रमहरूले केही सङ्केत गरिरहेको बताएका छन् ।

लोत्से मलमा दिनदाहाडै लुटपाट हुनु, गायिका एलिना चौहानले रवि लामिछानेलाई नचिन्नु, सप्तरीका रामदेव मरिकले सहकारीको किस्ता तिर्न नसकेर आत्महत्या गर्नु र दुर्गा प्रसाईँले झापामा पूर्वराजासहित गरेको सभाले केही सङ्केत गरिरहेको नेता पाण्डेको भनाइ छ ।

घटनाक्रमहरूबाट जिम्मेवार व्यक्तिहरूले बेलैमा बुझ्नुपर्ने उनले बताएका छन् ।

‘हिजो लोत्से मलमा दिनदाहाडै भएको लुट, गायिका एलिना चौहानले रवि लामिछानेलाई ‘व्यक्तिगत’ रूपमा चिन्दिनँ भन्दा खाएको गाली, सप्तरीका रामदेव मरिकले सहकारीको किस्ता तिर्न नसकेर गरेको आत्महत्या र दुर्गा प्रसाईँले झापामा पूर्वराजासहित गरेको सभाले केही सङ्केत गर्दै छन् । बेलामै बुझौँ,’ उनले भने ।

राजनीति, समाज, परिवार अनि व्यक्ति एकैचोटी अस्थिर हुनु राम्रो नभएको उनको भनाइ छ ।