२ कार्तिक २०८३, सोमबार

उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्छ: प्रधानमन्त्री प्रचण्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको नेपाल १६औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले लामो समयदेखिको अस्थिरता तथा महामारीका कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले लघु घरेलु तथा साना उद्योगीले उपभोग गरेको कर्जालाई नवीकरण गरी थप पुन कर्जा प्राप्त गर्ने वातावरण बनाइने बताए । कृषिलाई व्यवसायिक र औद्योकिरण गरी देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले विशेष प्राथमिकता दिने प्रचण्डले बताए ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले गुणस्तरीय वस्तुको उत्पादन, निर्यात बढाउने र आयात प्रतिस्थापन गर्नेतर्फ राज्यले उचित व्यवस्था मिलाउने बताए पुँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगीहरू ठूलो मारमा परेको भन्दै प्रधानमन्त्रीले यसका लागि राज्यले विशेष आर्थिक प्याकेज सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने बताए ।

अहिले मुलुकको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन खोजिएको भन्दै यसमा सबैको साथ आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । मेला फागुन ६ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ ।