काठमाडौं, ५ जेठ । सरकारले भूकम्पका कारण चर्किएका अस्पताल र स्वास्थ्य संस्थाका भवनहरुमा उपचार गर्न रोक लगाएको छ ।
चर्किएका भवनमा बिरामी भर्ना गरेको पाइएमा सरकारी वा नीजी कुनै पनि अस्पताल र स्वास्थ्थसंस्थालाई कारबाही गर्ने चेतावनी स्वास्थ्थ मन्त्रालयले दिएको छ ।
भूकम्पपछि कतिपय अस्पतालले भवनको भत्किएको र चर्किएको भाग छोपेर बिरामी भर्ना गरेको पाइएपछि मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।















प्रतिक्रिया