काठमाडौं, ५ जेठ । सोमबार दिउँसो टुँडिखेल पुग्दा ५ दिनकी सुत्केरी सुजाता बस्नेत कतिबेला खाना खान पाइएला भनेर कुरिरहेकी थिइन् ।
बिहानदेखि बिस्कुट र चाउचाउको भरमा रहेकी उनी २ बजेतिर कुनै संस्थाले दिने भात कुरिरहेकी थिइन् ।
उनले पर्याप्त खाना खान नपाएर बच्चालाई पुग्ने गरी दुध आइरहेको छैन ।
दोलखा चरिकोटकी उनी १२ गतेको भुइचालोपछि पालमा बसिरहेकै बेला उनलाई सुत्केरी बेथा लागेको थियो रे ।
बच्चा जन्माउनका लागि गत मंगलबार बिहान थापाथलीस्थित प्रसुती गृहमा भर्ना भएकी उनलाई भुइचालोपछि अस्पतालले फर्काइदिएको कान्तिपुर दैनिकले छापेको छ ।
‘भुइचालोको धक्काको त्रासमा दुई दिन बेथाले छटपटाउँदै पालमै बसें’, उनले भनिन्, ‘बिहिबार मात्र अस्पताल पुगेपछि बच्चा जन्मियो ।’
‘दुख कष्ट सहेर बच्चा त जन्मियो अहिले न त कपडा छ न खाना नै’, उनले भनिन्, ‘एउटा संस्थाले एक सरो कपडा र दिनको एक पटक खाना दिनुभाछ । अरु कसैले केही दिएको छैन ।’















प्रतिक्रिया