
काठमाडौं, १ फागुन । आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलाएको छ ।
आज सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा हिंसात्मक आन्दोलन गरेपछि यातायात व्यवस्था विभागले वार्तामा बोलाएको हो ।
सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरेर मंगलबार विहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आह्वान गरिएको छ ।















प्रतिक्रिया