१ कार्तिक २०८३, शनिबार

सिनामंगलमा होलसेल तथा खुद्रा तरकारी बजार सञ्चालन (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । काठमाडौंको सिनामंगलमा होलसेल तथा खुद्रा तरकारी बजार सञ्चालनमा ल्याइएको छ ।

सिनामंगल वरिपरिका उपभोक्तालाई ताजा तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यका साथ तरकारी बजार सञ्चालनमा ल्याइएको सञ्चालक राम बहादुर राईले बताए ।

काठमाडौं महानगरपालिकाले व्यवस्थित सहर निर्माणका लागि फुटपाथ व्यापारलाई निषेध गरेसँगै तरकारी बजारले ठेला र फुटपाथ व्यपारीलाई व्यवसाय गर्न केही रुपमा मद्दत गर्ने सञ्चालक राईले बताएका छन् ।

आज फागुन १ गतेदेखि काठमाडौं मेडिकल कलेजको पछाडि, पहिलाको विश्रान्ति पार्टी प्यालेस भएको ठाउँमा तरकारी बजार सुचारु भएको हो । आधुनिक व्यवस्थापन, प्रशस्त पार्किङको सुविधा र २४सै घण्टा सीसी टीभी तथा सेक्युरेटीको व्यवस्था तरकारी बजारमा गरिएको छ ।

हेरौँ केही तस्बिरहरू–