
काठमाडौं, २९ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हजारौँ निर्दोष नागरिकको ज्यान लिने तत्कालीन माओवादी आतङ्क र हिंसा राष्ट्रिय पर्व हुन नसक्ने बताएका छन् ।
जनयुद्ध सुरूको दिनको सम्झानामा फागुन १ गते अर्थात् भोलि सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै थापाले हिंसात्मक विद्रोह राष्ट्रिय पर्व हुन नहुने बताएका हुन् ।
‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह सुरू गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय आपत्तिजनक छ,’ थापाले भने, ‘हजारौँ निर्दोषको ज्यान लिने माओवादी आतङ्क र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन ।’
सरकारले जनयुद्ध दिवसका दिन विदा दिइरहँदा त्यही सरकारमा उपप्रधानमन्त्री रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति पनि थापाले तीखो व्यङ्ग्य प्रहार गरेका छन् । ‘राजावादी र हिन्दु राष्ट्रको वकालत गर्ने पार्टी समेतको सहभागितामा यस्तो निर्णय हुनु निर्लज्जताको पाराकाष्टा हो,’ अध्यक्ष लिङ्देनमाथि व्यङ्ग्य कस्दै थापाले भने, ‘राजा र हिन्दु राष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ ?’















प्रतिक्रिया