
काठमाडौं, २९ माघ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले यातायात व्यवस्था तथा सेवा कार्यालयका कामलाई पूर्ण ‘डिजिटल’ बनाएर सेवालाई थप प्रभावकारी बनाइने बताएका छन् ।
काठमाडौँ उपत्यकामा यातायात व्यवस्था तथा सेवा कार्यालयहरुको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्री श्रेष्ठले अहिलेको समयमा पनि यातायात कार्यालय पुरानै शैलीमा सञ्चालन हुनु दु:खको विषय भएको भन्दै अब पूर्ण रुपमा डिजिटल प्रणालीबाट सेवा प्रदान गर्न मन्त्रालय लागिरहेको बताएका हुन् ।
ढड्डा खोजेर काम गर्ने प्रचलनले जनताले दु:ख पाएको भन्दै अब कर तिर्ने, नवीकरण गर्ने जस्ता कामलाई डिजिटल माध्यमबाट लैजान मन्त्रालयले तयारी गरेको उनको भनाइ छ ।
यातायात क्षेत्र देशकै महत्वपूर्ण क्षेत्रको रुपमा रहेको भन्दै जनतालाई अनावश्यक दु:ख दिने तरिकलाई अब सुधार गरेर छिटो–छरितो सेवा कसरी प्रवाह गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले अध्ययन गरिरहेको कन्त्री श्रेष्ठले बताए ।















प्रतिक्रिया