१ कार्तिक २०८३, शनिबार

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । सरकारले फागुन १ गते अर्थात् भोलि जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको बताइएको छ ।

२०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।

यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो ।