१ कार्तिक २०८३, आइतबार

सालनालसहित भग्नावशेषमुनि फेला परेकी बालिका पाल्न हजारौँ मानिस इच्छुक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । पश्चिम सिरियामा सोमवार विनाशकारी भूकम्पपछि भत्किएको एउटा भवनको भग्नावशेषमुनि जन्मिएकी एक बालिकालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्न हजारौँ मानिस अघि सरेका छन्।

जेन्देअरिस सहरमा उद्धारकर्मीहरूले उनलाई फेला पार्दा ती नवजात शिशुको नाभी उनको आमाको शरीरमा गाँसिएकै अवस्थामा थियो।

उनका आमा, बुबा र चार दाजुहरूको मृत्यु भयो। ती बालिकाको नाम अया राखिएको छ।

त्यसको अर्थ अरबी भाषामा ‘चमत्कार’ हुन्छ। जन्मिनेबित्तिकै ठूलो वियोग खप्न बाध्य ती शिशु अहिले अस्पतालमा छिन्।