– दीपक ओली
धनगढी, ४ वैशाख । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको ना ५ ख १६८५ नम्बरको यात्रुबाहक बस सोमबार साझ साढे पाँच बजेतिर डडेल्धुराको मेलखर्कमा दुर्घटना भएको छ ।
बस दुर्घटनामा परी एक बालक, चार महिला र तीन जना पुरुष गरी आठ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको डडेल्धुराका प्रहरी प्रमुख योगेन्द्रबहादुर थापाले बताए ।
भीमदत्त राजमार्गको गांखेत गाविस अन्तरगत पर्ने सो सडकखण्डबाट बस एकसय मिटर तल खसेको थापाको भनाई छ । दुर्घटनाको खबर थाहा पाउने बित्तिकै घाइतेहरुको डडेल्धुराबाट नेपाल प्रहरी सशस्त्र प्रहरी, डोटीको बुँडरस्थित प्ररही चौकीको टोली र स्थानीयले उद्धार गरेका थिए ।
घाइतेहरुको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
















प्रतिक्रिया