१ कार्तिक २०८३, आइतबार

संयन्त्रको बैठकबाट निस्किए लगत्तै रवि लामिछानेले थाले सरकारमा सहभागी हुने गृहकार्य

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागीताका लागि आन्तरिक गृहकार्य थालेका छन् ।

आइतबार बिहान बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट निस्के लगत्तै लामिछानेले छलफल सुरु गरेका हुन् ।

संयन्त्रको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले लामिछानेलाई फेरि सरकारमा आउन आग्रह गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धारामा अहिले लामिछानेसहितका नेताहरु छलफलमा छन् ।