१ कार्तिक २०८३, आइतबार

काँग्रेस सभापति देउवा र मुख्यमन्त्री शाहबीच भेटवार्ता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान देउवालाई भेट्न मुख्यमन्त्री शाह देउवा निवास धुम्बाराही पुगेका थिए । देउवा र शाहबीच नागरिक उन्मुक्ति पार्टीलाई काँग्रेको साथमा ल्याउने विषयमा छलफल भएको बुझिएको छ ।

नागरिक उन्मुक्ति पाटीैले विश्वासको मत नदिएर यसअघिको एमालेका राजेन्द्रसिंह रावलको सरकार ढलेको थियो । शाहलाई पनि आफ्नो सरकार टिकाउन नागरिक उन्मुक्तिको मत आवश्यक पर्दछ ।

मुख्यमन्त्री नियुक्त भएलगत्तै मुख्यमन्त्री शाहले नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई भेटेर मागहरु पूरा गर्न आफूले पहल गर्ने आश्वासन दिएका थिए ।