१ कार्तिक २०८३, आइतबार

सरकार र चिकित्सकबीच वार्ता मिल्यो, चिकित्सकहरुले आन्दोलन रोक्ने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । आन्दोलनरत नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच वार्ता मिलेको छ । आइतबार बिहान भएको वार्ता मिलेसँगै चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

राष्ट्रपतिको सवारीका बेला हिँडेको भन्दै शुक्रबार प्रहरीले वीर अस्पतालका चिकित्सकलाई कुटपिट गरेपछि चिकित्सक संघले आन्दोलित भएको थियो ।

चिकित्सक संघले आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु ठप्प पारेको थियो । चिकित्सकहरुको आन्दोलनसँगै देशभरका बिरामी प्रभावित भएका थिए ।