
काठमाडौं, २९ माघ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलमा चारसयले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्यमा पनि तोलमा पाँच रुपैँयाले बढेको छ ।
चाँदी प्रतितोला १२ सय ९५ रुपैँयामा कारोबार भइरहेको छ ।















प्रतिक्रिया