
काठमाडौं, २९ माघ । बालुवाटारमा जारी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आज पनि तीन दल सहभागी भएका छैनन् ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन मात्रै सहभागी छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आज पनि बैठकमा नगएका हुन् ।
उनीहरु शुक्रबारको बैठकमा पनि सहभागी भएका थिएनन् । पछिल्लो समय गठबन्धन फुटको संघारमा पुगेको चर्चा चलिरहेका बेला नेताहरुको अनुपस्थितिले अनुमानलाई झनै बलियो बनाएको छ ।
बालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचन, मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।















प्रतिक्रिया